२९ माघ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछको लागि बोलाएको छ । तर नेतृ उपस्थित नभएपछि झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले बिहीबार झाँक्रीलाई पक्राउको तयारी गरेको बताएको छ ।
यसअघि ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले झाँक्रीलाई कारबाही गर्न माग गर्दै गत साता गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र नै बुझाएको थियो । ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेकाले पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।
‘राष्ट्रपतिका कुरा त के गर्नु रु म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो रु त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु’ गत साता गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन् ।
नेकपा केन्द्रीय सदस्य र निवर्तमान सांसद समेत रहेकी झाँक्रीले काठमाडौँमा भएको बुधबारको बिरोध सभामा राष्ट्रपति सम्मानित संस्था भएपनि उक्त पदमा बस्ने व्यक्तिको कार्यशैली ठीक नभएको भन्दै गलत कार्यशैलीको विरोध गरेको बताएकी थिइन् ।











