सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

२९ माघ, काठमाण्डौ। नेपाली बजारमा आज सुनको भाउ केही घटेको छ ।

सुनको मूल्य चार सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाला सुन तोलाको ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले घटेको छ। महासंघका अनुसार बिहीबार ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सनु तोलाको ९१ हजार चार सय रुपैयाँमा काराेबार भएकाे थियो।

त्यस्तै , आज चाँदीको पनि भाउ घटेको छ । हिजो तोलामा १३ सय ४० रुपैयाँ रहेको चाँदी आज १३ सय १५ रुपैयाँमा झरेको छ ।

[sidebar name="button post"]