चितवनमा मास्क नलगाउने, पैदल हिड्ने र साइकलमा हिड्ने कारवाहीमा

चितवनमा मास्क नलगाउने, पैदल हिड्ने र साइकलमा हिड्ने कारवाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले १८ दिनमा जरिवानामा पर्नेहरुबाट ६ लाख ३५ हजार ५ सय रुपैया राजस्व संकलन गरेको छ । साउन १८ गतेदेखि भदौ ३ गतेसम्म ४ हजार ५ सय ४० जना कारवाहीमा परेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

त्यस्तै १२० गाडीलाई कारवाही गरी ५१ हजार ६ सय रुपैया राजस्व संकलन भएको छ । अतिआवश्यक वस्तु र साधन विक्री गर्ने पसलहरुलाई तोकिएको समय भन्दा फरक समयमा खोल्ने गरेको पाइएकोले त्यस्ता पसललाई पनि ५ सय रुपैयाँका दरले जरिवाना गरेको छ ।

मास्क नलगाई सार्वजानिक ठाउँमा हिडडुल गर्ने, गाडीमा दुरी कायम नगर्नेलाई प्रहरीले जरिवाना लगाउदै आएको छ । जिल्ला प्रहरीको मातहतमा ७२ वटा प्रहरीको युनिट मार्फत् जिल्लाका विभिन्न क्षेत्रमा चेकजाँच भइरहेको थापाले जानकारी दिनुभयो । ७ वटा पालिका रहेको चितवनमा माडी नगरपालिका बाहेक ६ वटा पालिकामा निषेधाज्ञा लगाइएको छ ।

सार्वजानिक क्षेत्रमा मास्क नलगाई हिड्नेलाई सय रुपैयाँ, निषेधाज्ञाको समयमा काम नै नपरी हिड्नेलाई प्रतिव्यक्ती ५ सय रुपैयाँ जरिवाना लिने गरिएको प्रवक्ता थापाले बताउनुभयो ।

मर्निङ तथा इभिनिङ वाकको लागि भन्दै पैदल निस्कनेहरु र साइकिलिङ गर्नेहरु बढी देखिएकोले त्यस्ता व्यक्तीहरुलाई पनि प्रतिव्यक्ती ५ सय रुपैयाँ जरिवाना काटिएको थापाले बताउनुभयो ।

[sidebar name="button post"]