इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।

नयाँ सिजनको लिग आगामी सेप्टेम्बर १२ मा सुरु हुनेछ । लिगको पहिलो दिन ६ वटा खेल हुनेछन् । लिगको पहिलो खेलमा क्रिस्टल प्यालेस र साउथह्याम्टन खेल्ने भएका छन् ।

दोस्रो खेल फुलहाम र आर्सनल विच हुनेछ । साविक विजेता लिभरपुलले पहिलो खेलमा यो सिजनमा शिर्ष डिभिजनमा उक्लिएको लिड्ससँग खेल्नेछ ।

टोटनह्याम र एभर्टन, वेष्ट ब्ररुम र लेस्टर, वेष्ट ह्याम र न्यूक्यासल खेल्नेछन् । त्यस्तै अर्को खेल सेप्टेम्बर १४ मा चेल्सी र ब्राइटन तथा शेफिल्ड युनाइटेड र उल्भ्स खेल्नेछन् ।

पहिलो दिन तय भएको म्यानचेष्टर युनाइटेड र बर्नली तथा म्यानचेष्टर सिटी र एस्टन भिल्लाको खेल भने सारिएको छ ।

[sidebar name="button post"]