आज तीजको दर खाने दिन : मध्यरातमा दर खाइदै

आज तीजको दर खाने दिन । भोली बस्ने व्रतको अघिल्लो दिन आज खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकार दरका रुपमा खाने परम्परा छ ।

ठाउँअनुसार कतै बेलुका अरु चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । हिन्दु धर्मशास्त्रमा उल्लेख कथा अनुसार परापूर्वकालमा पार्वतीले शिवलाई पति पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासमा सुयोग्य पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोली ब्रत बस्ने चलन छ ।

तीजमा धेरै महिला व्रत बस्ने गरेपनि पहिलेजस्तो निराहर व्रत बस्ने चलन भने हराउँदै गएको छ । दर खानको लागि चेलीबेटीलाई माइत बोलाउने चलन भएपनि यो वर्ष कोरोना संक्रमणका कारण चेलीबेटी आफ्नै घरमा नै तीज मनाउने तयारीमा छन् ।

अहिले भिडभाड गर्दा कोरोनाको संक्रमण बढ्ने भएकाले भोली पनि आफ्नै घरभित्रै रमाइलो गरेर मनाउनुपर्नेछ ।

[sidebar name="button post"]