सरकारले आईसोलेशन र क्वरेण्टिनमा बस्दा स्वास्थ्य मापदण्डको अनुशासन पालना गर्न आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले आफ्नो स्वास्थ्यका लागि भए पनि नियमको पालना गर्न अग्रह गर्दै जे जस्तो सेवा सुविधा पाईन्छ त्यसमा चित्त बुझाउन भनेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइसोलेशनमा आफूले खोजेको र रोजेको जस्तो खाना नपाएपनि जे जस्तो पाईन्छ सकारात्मक तरिकाले खान आग्रह गर्नुभयो ।
आइसोलेशन र क्वरेण्टिनमा रहेकाहरुलाई सहयोगका लागि अपिल गरे पनि उच्च वर्गले नै हिच्किचावट गरेका पनि उहाँले बताउनुभयो । यस्तो अवस्थामा सरकारसँग उपलब्ध स्रोत र साधनको प्रयोग गरी सेवा दिईरहेकाले सबै जना अनुशासित हुन उहाँको आग्रह छ ।
यस्तै उहाँले स्वस्थ र सफा खाना दिउँ भन्ने चाहीँ भएकाले त्यसमा प्रयासरत रहेको बताउनुभयो ।
[sidebar name="button post"]









