काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लघंन गरेर घरबाट निस्किएका साढे ११ सय जनालाई प्रहरीले केहिबेर होल्ड गरेर छाडेको छ ।
गएराती १२ बजेदेखि नै निषेधाज्ञा लागु भएकाले अति आवश्यक नपरी निस्किएका १ हजार १ सय ७० जनालाई केहीबेर होल्ड गरेर छाडिएको प्रहरीले जानकारी दिएको छ ।
सबैभन्दा धेरै ललितपुरमा ४ सय ९८ जना, काठमाडौंमा ४ सय ३७ जना र भक्तपुरमा २ सय ३५ जनालाई होल्ड गरेर छाडिएको हो । आज निषेधाज्ञाको पहिलो दिन भएकाले उनीहरुलाई केहिबेर होल्ड गरेर छाडिएको प्रहरीले जनाएको छ ।
यस्तै अहिलेसम्म निषेधाज्ञा उल्लघंन गरेका ६ सय ९८ मोटरसाइकल र स्कुटर तथा १ सय ९५ चार पाङ्ग्रे गरी ८ सय ९३ गाडीलाई पनि होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ
[sidebar name="button post"]









