कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना भाइरस  संक्रमित

४ भदौ,  कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कर्मचारी, सुरक्षाकर्मी र कामदारसहित ३३ जना कोरोना भाइरस  संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार थप ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, कर्णालीमा बिहीबार थप १३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९४५ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णालीमा हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २१२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

[sidebar name="button post"]