Ad #144479

२७ साउन, काठमाडौं। रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण थपिएका छन् । साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएको थियो जसमध्य मंगलबार आएको रिपोर्टमा एकमहिला सहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

गएको तिन दिनमा रौतहटमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। आइतबार १५ जनामा संक्रमण देखिएको थियो भने सोमबार एकै दिन २८ जनामा संक्रमण देखिएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजकले जाकारी दिनुभएको छ ।