२७ साउन, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्ने पार्टीभित्र र बाहिरकाहरूको मति सप्रियोस् भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिनुभएको छ।
मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रममा सरकार कहाँ छ भन्ने र आलोचना मात्र गर्नेहरु सबैलाई महामारीविरूद्ध लड्न मति सप्रियोस भन्दै शुभकामना दिनुभएको हो ।उहाँले सरकारको आलोचना गरेर लडाइँको अभियानमा लागेको योद्धाहरूको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई समाधान गर्न नसकिने बताउनुभयो ।
अहिलेको समय सत्ताको खेलखेल्ने बेलानभएकोले महामारीबाट बाँचियो भने सत्ताको लडाइँ फेरि पनि खेल्न सकिने भन्दै सरकारलाई सघाउन नेताहरूलाई आग्रह समेत गर्नुभयो । जनताले पाँच वर्षको म्याण्डेड दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्न समेत आग्रह गनुभयो । उहाँले कोरोना रोकथाममा लागि परेकोसरकारको विरोध विभिन्न तरिकाबाट भैरहेको बताउनुभयो ।
पिपिई र पिसिआरको गीत आएको लागि सरकारले काम गरेर जवाफ दिएकोले अबका दिनमा आलोचना गर्नेहरुलाइ काम गरेर जवाफ दिने पनि बताउनुभयो । अबका दिनमा औषधि र भेन्टिलेटरका गीत आउनेमा पनि सरकार सजक रहेको उहाँले बताउनुभयो। उहाँले संक्रमणको स्थिति नियन्त्रणभित्रै रहेको र संक्रमणको अवस्था समुदायस्तरमा देखिए पनि नियन्त्रणको स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने बताउनुभयो।












