साउन २५, रसुवागढी नाका जोड्ने सडक एक हप्तापछि खुलेको छ । गएको साउन १९ गतेदेखि अवरुद्ध सडक आज बिहान ११ बजेदेखि सञ्चालनमा आएको हो ।
भार्खु डाँडामा कटान गरेको सडकमा नयाँ ट्रयाक खोलिएको रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताउनुभयो । पहिरोले झण्डै ५० मिटर सडक कटान गरेर १ मिटर मात्र बाँकी थियो ।
सडक डिभिजन कार्यालय नुवाकोटले एक हप्तापछि सडक सञ्चालनमा ल्याएको हो । यस क्षेत्रमा टेवा पर्खाल निर्माण गरी दुईतर्फी सडक सञ्चालनमा ल्याउने भनिएपनि नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो । रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेसी सडक भने वर्षाभरी सञ्चालनमा नआउने भएको छ ।
रसुवाका अन्य क्षेत्रमा पहिरोले अवरुद्ध भएका सडक भने सञ्चालनमा आइसकेका प्रहरी नायव उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।
[sidebar name="button post"]









