साउन २५, पाकिस्तानविरुद्धको पहिलो टेस्ट घरेलु टिम इंग्ल्यान्डले जितेको छ ।म्यानचेस्टरमा राती भएको खेलमा इंङल्यान्डले पाकिस्तानलाई ३ विकेटले हराउँदै पहिलो टेस्ट आफ्नो पक्षमा पारेको छ ।
पाकिस्तानले दिएको २ सय ७७ रनको लक्ष्य इंग्ल्यान्डले ७ विकेट गुमाएर पुरा गर्यो । यस अघि दोस्रो इनिङ्समा पाकिस्तान १ सय ६९ रनमा अलआउट भएपछि इंग्ल्यान्डले २ सय ७७ रनको लक्ष्य पाएको थियो ।
पाकिस्तानले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय २६ रन बनाएको थियो । पहिलो टेस्ट जितेसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले १ शून्यको अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो टेस्ट आउँदो बिहीबार साउथह्याम्पटनमा सुरु हुनेछ ।












