बीरगंजमा ज्यान गुमाएकी युवतीमा काेराेना पुष्टि

साउन २५, बीरगंजमा उपचार नपाएर ज्यान गुमाएकी २० वर्षकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । बीरगंज महानगरपालिका वडा नं २ छपकैया की उहाँको उपचारका लागि कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि शुक्रबार राती ज्यान गएको थियो ।

नारायणी अस्पतालमा रहेको प्रयोगशालाको परिक्षण रिर्पोट अनुसार उहाँमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन कुमार उपाध्यायले बताउनुभयो । ति युवतीलाई पहिला बीरगंजको एडभान्स अस्पताल , तराई अस्पताल , भवानी अस्पताल , वयोधा अस्पताल , नेशनल मेडिकल कलेज शिक्षण अस्पताल लगियो तर कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेको आफन्तले बताएका छन् ।

अन्तिममा सरकारको मातहत रहेको नारायणी अस्पतालकै मातहतमा रहेको अस्थायी कोभिड बीरगंज हेल्थ केयरमा समेत उपचार नभएको आफन्तको गुनासो छ ।

[sidebar name="button post"]