२२ साउन, काठमाडौं। प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको पि सि आर रिपोर्ट पोजेटिभ आएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्री यादवसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड र एकजना सशस्त्र प्रहरीका जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको स्रोतले बताएको छ ।
मन्त्री यादव हालै प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुनभएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षकलगायतको सहभागी रहेको थिए ।