वीरगन्जमा थपिए ४३ कोरोना संक्रमित

पर्सामा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको पछिल्लो परीक्षणअनुसार थप ४३ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

जसमध्ये रौतहट बाराका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अन्य ४० जना भने पर्साकै हुन । ४३ जना सङ्क्रमितमध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् ।

सङ्क्रमित हुनेहरुको उमेर ७ वर्षदेखि ७३ वर्षसम्म रहेको छ । सङ्क्रमित ६ जना महिलाहरुको उमेर ७,२२, ३५, ५३, ७३ रहेको छ ।