२२ साउन, काठमाण्डौ । कोरोनाको सङ्क्रमण बढ्दै गएर पुन लकडाउनको अवस्था बने पनि विद्यार्थी भर्ना कार्यक्रम नरोकिने भएको छ । भदौ १ गतेदेखि हुने भनिएको भर्ना अभियान नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ।
सुरक्षा सावधानी अपनाए जोखिम नहुने भएकाले शिक्षा मन्त्रालयले भर्ना कार्यक्रममा सहभागी हुने अभिभावक, शिक्षक र सम्बन्धित व्यक्तिलाई सावधानी अपनाउन आग्रह गरेको छ । भर्ना सुरु गर्नुको अर्थ पठनपाठन नै सुरु भएको भनेर नबुझ्न पनि आग्रह गरिएको छ ।
भर्ना गर्न जाँदा मास्क , स्यानिटाइजर प्रयोग गर्ने,भौतिक दुरी कायम गर्ने र साबुनपानीले हात धुने, गरेर सुरक्षा सावधानी अपनाए भएपनि विद्यार्थी भर्ना कार्यक्रम संचालन गरिने भएको छ । विद्यालय सञ्चालन भने कुन ढाँचामा संचालन गर्ने एकिन भै नसकेको जानकारी गराएको छ । त्यति बेला सम्मको लागि भने अनलाइन विधिबाट शिक्षण संचालन हुने जानकारी दिएको छ ।