सप्तरीमा मृत्यु भएका तीन जनामा कोरोनाभाइरसको जस्तै लक्षण देखिएको छ । छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका दुई जनाको र मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जना मृत्यु भएको हो।
जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा ४५ दिन पहिले मलेसियाबाट आएका ४५ वर्षीय पुरुषलाई मंगलबार एक्कासी ज्वरो आएको र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धरान पठाइएकोमा मंगलबार राति नै बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।
छिन्नमस्तामा मृत्यु भएका दुई जनामध्ये एक जनाको शव अस्पतालमै छ भने अर्का एकजनाको शव परिवारले जिम्मा लिएको थियो । परिवारले घर लगेको शवमा कोरोनासँग मिल्दो लक्षण देखिएर मृत्यु भएपछि अस्पतालले स्थानीय प्रशासनलाई खबर गरेपछि अहिले प्रहरीले नियन्त्रणमा राखेको छ।
तीनै जना मृतकको स्वाब परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।