५ सरकारी कर्मचारीमा कोरोना पुष्टि

२१ साउन, काठमाडौं। कृष्णनगर नगरपालिका कपिलवस्तुमा ५ सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारीहरुमा गरिएको पिसिआर परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जनाएको छ । दुईजना कर्मचारीमा महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुष रहेका छन् ।

यसैगरी नेपाल बैङ्क लिमिटेडको कृष्णननगर नगरपालिका शाखामा कार्यरत एकजना महिला र एकजना पुरुष कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भने दिव्यानगर स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भए सङगै पाँच जनामा को रोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनीहरु सबै अहिले होम क्वारेन्टिनमा छन् । संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको नगरले जनाएको छ ।