बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि

२१ साउन, काठमाडौं । उपचारका लागि नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार नारायणी अस्पतालको प्रयोगशालमा गरिएको कोरोना परीक्षणमा कोरोना पोजिटिभ देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पटकपटक बान्ता भएपछि सोमबार पर्साको पोखरिया नगरपालिका–९ की ती युवतीलाई अस्पताल लगिएको थियो । अस्पताल ल्याइपुर्‍याउँदा सम्म उनको मृत्यु भइसकेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

[sidebar name="button post"]