२१साउन, काठमाडौं । पोखरा महानगरपालिकामा आज ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ९ जनामा कोरोना सङ्क्रमन देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
पोखरामा ९ जना सङ्क्रमित थपिएसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ५२ पुगेको छ ।
भने निको भएर घर फर्कनेको सङ्ख्या १ हजार ३ सय ५४ रहेको छ र कोरोना कै कारण गण्डकी प्रदेशमा ४ जनाको ज्यान गएको छ ।