निष्कर्ष विहिन ओली–दाहाल छलफल

२१ साउन, काठमाडौं । मङ्गलबार भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल पुन निष्कर्ष विहिन भएको छ ।

पार्टीभित्र चुलिदै गएको विवाद समाधानका लागि हुस्दै आएको आन्तरिक छलफलमा उहाँहरुबीच ठोस निर्णय भने केही नभएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार बुधबार फेरि छलफल हुने छ ।
मङ्गलबारको छलफलमा पनि वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङको सहभागी थियो । साउन १९ गतेदेखि आपसी संवाद बढाउनुभएका उहाँहरुका अहिले सम्मका छलफलले ठोष निष्कर्ष निकाल्न सकेको छैन् । उहाँहरुबीच सोमबार पनि भेटवार्ता भएको थियो ।

पार्टी भित्रको विवाद समाधानका लागि दुई अध्यक्षबीच पटक–पटक छलफल भए पनि अहिलेसम्म समाधानका उपाय निस्किएको छैन ।