क्वरेण्टीन र आइसोलेसनमा बसेकाहरुमा किटजन्य रोगको संक्रमण

२१ साउन, काठमाडौं । पछिल्लो समय क्वरेण्टीन र आइसोलेसनमा बसेकाहरुमा किटजन्य रोगको संक्रमण देखिन थालेका छन् । उनीहरुमा औलो, डेँगी र कालाजार देखिन थालेकाले सावधानी अपनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका टेकुका सरुवारोग विशेषज्ञ डाक्टर सागरराज भण्डारीले सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

लामखुट्टेका कारण डेँगी र औलो र भुसुनाका कारण कालाजार लाग्ने समश्या संक्रमितमा देखापर्न सक्नेमा सचेत हुन डाक्टर सुझ्mाप दिएका हुन। क्वरेण्टीनहरु अव्यवस्थित हुनु, पानी जम्ने खाल्डाखुल्डी नपुरिनु र फोहोर वातावरणका कारण यी रोगका बिरामी देखिन थालेको उहाँको भनाई छ । अहिले गर्मीको समय भएकाले किटजन्य रोगको जोखिम धेरै हुन्छ । ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अंगबाट रगत बग्नु डँेगी भएको हुनसक्छ । यस्तै टाउको दुख्नु, बान्ता आउनु, ज्वरो आउनु औंलोको मुख्य लक्षण हो ।

पाँच वर्षमुनिका बालबालिका, गर्भवती र दीर्घरोगी औलोको जोखिम समूह भएकाले क्वरेण्टीनमा भएका यी समूहले अझै सावधानी अपनाउनुपर्नेमा डाक्टर भण्डारीको जोड छ । यस्तै हल्का ज्वरो आउनु, कमजोरी महसुस हुनु, भोक कम लाग्नु, रक्तअल्पता, कलेजोको समस्या, छाला कालो हुनु, पेट फुल्नु, लगायत भए कालाजार भएको हुनसक्छ । यी रोगबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुर्ने, शरीर ढाक्ने गरी लुगा लगाउने र झुल टाँगेर सुत्ने गर्नुपर्छ । अहिले क्वरेन्टीन र आइसोलेसनमा बसेका ४३ जनामा औंलो, ३३ जनामा कालाजार र ९ जनामा डेगी भएको पाइएको छ ।