धरान उपमहानगरपालिकामा लकडाउनको घोषणा

२१ साउन, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले लकडाउनको घोषणा गरेको छ । आज राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरेको हो ।
समुदायस्तरमा कोरोना संक्रमित थपिएको भन्दै जोखिम न्युनिकरणका लागि लकडाउनको घोषणा गरिएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले जानकारी दिनुभयो । सुनसरीको ईटहरी उपमहानगरपालिका, ईनरुवा नगरपालिका र दुहबी नगरपालिकाले हिजोनै लककाउनको घोषणा गरेका थिए ।

[sidebar name="button post"]