कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव आज बिहान भेटिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपशम्शेर जबराका अनुसार मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरुको शव बगेको स्थानबाट झण्डै डेढ किलोमिटरको दूरीमा मृतावस्थामा फेला परेको छ।
उनीहरुको शवपरीक्षणका लागि अस्पताल ल्याइएको र नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयवासीले बेपत्ता भएदेखि उनीहरुको खोजी कार्य जारी राखेका थिए ।