काठमाडौं, १७ साउन । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आफ्नो कार्यलयको कार्यकक्षमै कुटएका छन्।
कर्मचारीहरु भ्रष्टाचारको अभियोगमा तानि रहेका बेला सञ्जेल भने भ्रष्टाचार विरुद्ध आवाज उठाउदै आएका थिए । उपसचिव सञ्जेलमाथि आज बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।
करारका कर्मचारी उनीहरुले सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार गरेका थिए। कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ भने कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनुभयो ।