काठमाण्डौ, १७ साउन । एकता कायम राख्ने नाममा गलत विचार र प्रवृत्तिको ढाकछोप गर्न नसकिने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।
कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले समाचारमा आएजस्तो पद प्राप्तीका लागि पार्टीभित्र कुनै विवाद नरहेको आफुहरुले गलत विचार र प्रवृत्तिहरुको ढाकछोप नगरी पार्टिलाई थप मजबुत बनाउने बताउनुभयो ।
पार्टी एकता टुटाउने फुटाउने प्रवृत्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने र पार्टी विधि, पद्धतीको पालना गराएर अघि बढ्नु पर्नेमा छलफल केन्द्रित रहेको भन्दै अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने उहाँले बताउनुभयो
[sidebar name="button post"]