थपिए ३१५ संक्रमित

पिसिआर परीक्षणका क्रममा देशभरबाट ३१५ संक्रमित थपिएका हुन्। यससंगै संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । विगत २४ घण्टामा छ हजार ९ सय ९३ जनामा पिसिआर परीक्षण गरिएको छ ।

देशमा शनिबारसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा छन् । आइसोलेनमा रहनेको संख्या पाँच हजार तीन सय ३८ छ। विगत २४ घण्टामा कोरोना निको भएर घर फर्किने ९३ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

शनिबारसम्म ५६ जनाको मृत्यु भइसकेको छ भने निको भएर घर फर्किएको १४ हजार चार सय ९२ जना भएको प्रवक्ता गौतमले जानकारी दिए।