सेती नदीमा नुहाउन गएका दुई जना स्वास्थ्यकर्मी बेपत्ता

डोटीको सेती नदीमा नुहाउन गएका दुई जना स्वास्थ्यकर्मी बगेर बेपत्ता भएका छन् ।

बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेण्ट) विनयबहादुर सिंह र ल्याव असिस्टेंट हरि जोशी नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले दिनुभयो ।

शैलेश्वरी मन्दिर दर्शन गरि फर्कने क्रममा शिखर गाउँपालिका वडा नम्बर १० बानीडुग्रीसैनमा पर्ने सेती नदीमा पौडी खेल्ने क्रममा उनीहरु वेपत्ता भएका र उनीहरुको खोजी भैरहेको एसपी पाण्डेले बताउनुभयो ।साउन लागेपछि मात्रै सेतीनदीमा पौडी खेल्ने क्रममा चार जनाको ज्यान गैसकेको छ ।