ईलाममा एकैदिन १७ जना शसस्त्र प्रहरीमा कोरोना पुष्टि

काठमाण्डौ, १७ साउन । ईलाममा आज एकैदिन १७ जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरमा रहेको प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनामा रिपोर्ट पोजेटिभ आएको शसस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिनुभयो ।

यो सँगै ईलाममा २७ जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या ५७ पुगेको छ । बाँकी ४० जनाको स्वाब संकलनको तयारी भईरहेको र पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागी मोरङ गोठगाउँको कोरोना अस्पताल लैजान लागिएको एसपी थापाले बताउनुभयो ।