साउन १७, नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप तीन सय १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २० हजार ८६ पुगेको हो ।
पछिल्लो २४ घन्टामा ६ हजार ९ सय ९३ जनाको परिक्षण भएको छ । कुल संक्रमितमध्ये १४ हजार ४ सय ९२ जना निको भएर डिस्चार्ज भइसकेकाले सक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय ३८ मात्रै रहेको छ । पछिल्लो २४ घन्टामा मात्रै ९३ जना डिस्चार्ज भएका छन् ।
अहिले प्रदेश एकमा दुई सय २५ जना, प्रदेश दुइ मा दुई हजार ६६ जना, वागमतीमा पाँच सय ७५ जना, गण्डकीमा तनि सय १३ जना, प्रदेश पाँचमा तीन सय ८७ जना, कर्णालीमा दुई सय ९७ जना र सुदूरपश्चिममा एक हजार ६ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले कुल संक्रमितको ७२ दशमलव १ प्रतिशत व्यक्ति निको भएको जनाएको छ । हाल देशभर ११ हजार पाँच सय ३३ जना व्यक्ति क्वरेन्टिनमा रहेका छन् ।