साउन १७, नेपालका ६ वटा जिल्ला कोरोनामुक्त भएका छन् । सबै संक्रमित निको भएपछि भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ संक्रमितमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ती जिल्लामा एकपटक संक्रमित भेटिए पनि अहिले सबै निको भएका छन् । यस्तै रौतहट र कैलालीमा पाँच सय भन्दा धेरैका दरले संक्रमित रहेका छन् ।