अनलाइन मार्फत् बालबालिकाको सुरक्षा सम्बन्धि तालिम

रमिता दंगाल

राप्ती नगरपालिकामा आज देखि बालबालिकाको इन्टरनेट तथा अनलाइन सुरक्षा सम्बन्धि अनलाइन सचेतना तालिम अघि बढाइएको छ । इन्टरनेटको सुरक्षित प्रयोग, यसका प्रभाव, अवसर र जोखिमहरू सम्बन्धि सचेतना जगाउने उद्देश्यका साथ सृजनशील समाज नेपालद्वारा राप्ती नगरपालिका तथा राप्ती जेसिजको सहकार्यतामा अनलाइन सचेतना तालिम ल्याएको छ ।यस अनलाइन सचेतना तालिमले अनलाइन रहँदा सुरक्षित रहने स्रोत तथा सामग्रीहरूको बारेमा जानकारी प्रदान गर्ने राप्ती नगरपालिकाका नगर प्रमुख प्रभा बरालले जानकारी दिनुभयोे ।

अनलाइन सचेतना तालिममा राप्ती नगरपालिकाका १२ देखि १८ वर्षसम्मका बालबालिकाहरुलाई इन्टरनेटमा कसरी आफू सुरक्षित हुने भन्ने बारे ३ घण्टाको व्यवहारिक निःशुल्क तालिम प्रदान गरिने राप्ती जेसिजका कार्यकार्यणी उपाध्यक्ष बिबेक गैरेले बताउनु भयोे । उपाध्यक्ष गैरेका अनुसार दैनिक ३ घण्टा तय गरिएको अनलाइन सचेतना तालिममा आज ८ बजे देखि ११ बजे सम्ममा ६० जना बालबालीका सामेल भएका थिए ।

उक्त तालिम सहभागी बालबालीकाको संख्या ५ सय जना नपुगे सम्म संचालन हुनेछ । राप्ती नगरपालिकाका बालबालीकालाई मात्र लक्षीत गरीएको यस कार्यक्रम १ हप्ता सम्म लम्बिन सक्छ । तालिममा सहभागी हुन इच्छुक राप्ती नगरपालिकाका बालबालीकालाइहरुले राप्ती जेसिजमा सम्पर्क गर्न सक्ने उपाध्यक्ष गैरेले जानकारी दिनुभयो ।