गो कर्णाली ट्राभल्स एण्ड टूरद्धारा र्याफ्टिङ व्यावसाय शुरु

जुम्लाको तिला नदीमा पर्यटन व्यवसायका लागि गो कर्णाली ट्राभल्स एण्ड टूरले र्याफ्टिङ सञ्चालनमा ल्याएको छ । साहसिक मानिएको र्याफ्टिङ तिला नदीको चन्दननाथ नगरपालिकाको दानसाँघुबाट तातोपानी गाउँपालिकाको राकाँसम्म सञ्चालन भएको ट्राभल्सका सञ्चालक ललितजङ्ग महतले जानकारी दिनु भयो ।

ट्राभल्सका सञ्चालक ललितजङ्ग महतका अनुसार शुरुमा चार/पाँच पटक परीक्षण सञ्चालन गरेपछि व्यावसायिकरूपमा अगाडि बढाइएको र्याफ्टिङलाई कर्णाली प्रदेश सरकारले समेत सहयोग तथा समन्वय गरेको छ ।

पर्यटकका लागि रैथाने खाना र नास्ताको व्यवस्थासमेत गरिएको छ । र्याफ्टिङ गर्ने, तातोपानी धारामा नुहाउन, मार्सी चामलको भात खाने देखि तिलामा पाउने असला माछा सम्म खान पाइने गो कर्णाली ट्राभल्स एण्ड टूरले जनाएको छ । रु दुई हजार शुल्क निर्धारण गरिएको सोह्र किलोमिटर र्याफ्टिङ यात्राका लागि अहिले शुरुआती चरणमा रु २४ लाख बजेट खर्च भएको जनाइएको छ ।