साउन १३ काठमाण्डाैकाे कागेश्वरीमनोहरा नगरपालिकामा बाहिरी फिटनेस उपकरण जडान गरिने भएकाे छ । नगरपालिकाले वडा नम्बर ५ र ६ मा बाहिरी फिटनेस उपकरण जडान गर्न लागेकाे हाे ।
वडा नम्बर ५ को थलीचौर र वडा नम्बर ६ को मुलपानी चौरलाई पार्क बनाई पार्कमा बाहिरी फिटनेस उपकरण जडान गर्न लागिएको नगरपालिकाको योजना शाखाका इन्जिनियर सन्देशकुमार ढकालले जानकारी दिनुभयो । इन्जिनियर ढकालका अनुसार बाहिरी फिटनेस उपकरणको लागि मोमेन्टम बिजनेस कन्सल्टेन्ट प्रा. लि. सँग सम्झौता भैसकेको छ ।
१५ लाखको उपकरण प्रा.लि ले चिनबाट मगाएको छ । उपकरण जडान गर्न एक महिना लाग्ने र जडान भए लगत्तै संचालनमा आउनेछ । थलीचौर र मुलपानी चौरमा राखिने उपकरणको लागि १५,१५ लाख गरी जम्मा ३० लाखको बजेट खर्च हुनेछ । स्थानीय फिटनेसमा रुचि राख्नेलाइ याे व्यवस्था गर्न लागेकाे योजना शाखाले जनाएको छ ।