मातातीर्थमा धनमाल चोरी

साउन ८ काठमाण्डौ चन्द्रागिरी नगरपालिका ८ मातातीर्थ बस्ने तेज बहादुर गुरुङको घरबाट नगद १ लाख ५० हजार रुपैयाँ सहित सुनचाँदी चोरी भएको छ ।

नगद डेढ लाख रुपैयाँ सहित सुन ५ तोला, चाँदी २ तोला र अन्य सरसामान समेत गरी करिब ६ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको हो । चोरीमा संलग्नहरु फरार रहेका र खोजी भैरहेको प्रहरीले जनाएको छ ।