किशोरीलाई बन्धक बनाई यातना दिएको अभियोगमा पक्राउ

साउन १ । किशोरीलाई बन्धक बनाई यातना दिएको अभियोगमा ललितपुरबाट एक जना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई बन्धक बनाई यातना दिएको अभियोगमा महालक्ष्मी नगरपालिका ८ ससिडोल बस्ने ३३ वर्षीय सुरज राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

राउतले आफ्नै घरमा विगत ८ महिनादेखि बस्दै आएकी ती किशोरीलाई बन्धक बनाई यातना दिएको भन्ने जानकारी पाउनासाथ महानगरीय प्रहरी प्रभाग सिरुटार र महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।