काठमाण्डौका विभिन्न ठाउँबाट हिरा र मुगा जडित औंठी, डलर सहित धनमाल चोरी

साउन १ । काठमाण्डौका विभिन्न ठाउँबाट हिरा र मुगा जडित औंठी सहित धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका ३० पन्चकन्या मार्ग डेरा गरी बस्ने बारा घर भएका ३५ वर्षीय राम कुमार शिवाकोटीको कोठाबाट कोही नभएको अवस्थामा झण्डै साढे तीन तोला सुन र डिजिटल क्यामेरा समेत गरी ३ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
त्यस्तै काठमाडौं महानगरपालिका १६ बोहोराटार बस्ने २८ वर्षीय शैलेश खड्काको घरमा पाहुना आई बसेका कैलाली धनगढी उपमहानगरपालिका २ घर भएका बिजेन्द्रसिंह रावतको कोठाबाट हिरा र मुगा जडित सुनको औंठी २ थान, घडी र नगद १० हजार रुपैयाँ समेत गरी २ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
त्यसैगरी काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला छाप्रोस्थित डेरा गरी बस्ने दोलखा चरीकोट घर भएकी बिमला खड्काको कोठाबाट सुनका विभिन्न गहना, नेपाली ४५ हजार रुपैयाँ र अमेरीकन डलर ३ सय समेत गरी गरी झण्डै ७ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।