लगातारको बर्षाका कारण कनकासुन्दरी गाउँपालिकाको डुम्रामाडिमा ढुंगासहितको पहिरो

रमिता दंगाल

६ जेष्ठ, जुम्ला। जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नं १ स्थित डुम्रामाडि चौरमा बिगत तीन दिन देखि लगातार अविरल वर्षा भैरहेको छ।

लगातारको बर्षाका कारण घरमाथिको चट्टानबाट ढुंगा उकिएर ढुंगासहितको पहिरो गएको हो। पहिरोका कारण दुई वटा घरमा क्षति पुगेको स्थानीय तथा पिडित घरधनी भिम भण्डारीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,”ढुंगासहितको पहिरोले घरको छानो, जस्तापाता प्वाल परेको छ भने काठहरु भाँचिएको छ। घर भित्र पुरै बलुवा आएको छ।”

हालसम्म पनि निरन्तर पानी परिरहेका कारण स्थानीयबासि त्रसित बनेका छन्। पहिरोका कारण मानवीय क्षति भने नभएको जनाइएको छ ।