तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

६ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा आज बिहीबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

गत बुधबार एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन ४०० रुपैयाँले बढेर अधिकतम ९३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।