कोरोना संक्रमणका कारण डीएसपी राजकुमार केसी निदन

६ जेष्ठ, काठमाण्डौ। कोरोना भाइरसको संक्रमणका कारण प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ राजकुमार केसीको निदन भएको छ ।

नेपाल प्रहरी अस्पतालमा उपचाररत उनको गएराति १ बजेर ४० मिनेटमा ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

दुई हप्ता अगाडि उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् ।