Ad #144479

आजका मुख्य समाचारमा

प्रधानमन्त्रीले राजीनामा दिएको भए पार्टी एकता जोगिने थियाे : नेता गौतम
राष्ट्रियसभा सदस्य एवम् नेकपा नेता बामदेव गौतमले फेरि एकता गराउन सकिन्छ कि भनेर एक्लै लागिरहेको बताएका छन् । बिहिबार राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले ३ वर्षमै पार्टी विभाजन गर्नु थियो भने किन एकता गरेको भन्दै प्रश्न समेत गरेका हुन् ।

नायब सुब्बा र लेखापढी घुससहित रंगेहात पक्राउ
सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायब सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो घुस रकमसहित पक्राउ परेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टा यता कति संक्रमित र कोरोनामुक्त ?
पछिल्लो २४ घण्टा यता नेपालमा थप ४१२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ।

भिम रावललाई ओली समुहद्धारा कारबाहिको सिफारीस
आर्थिक अनियमितता गरेको भन्दै नेकपाका नेता भिम रावललाई सुदुरपश्चिम कमिटीले कारबाहिको सिफारीस गरेको छ । प्रदेश ईन्चार्ज लेखराज भट्टका अनुसार रावलले आर्थिक हिनामिना गरेकाले कारबाही गर्न सिफारीस गरेको हो ।

दाहाल-नेपाल निकट विद्यार्थिले जलाए ओलीको पुत्ला
प्रधानमन्त्री ओलीको सिफारीसमा राष्ट्रपतीले संसद बिघटन गरेसंग बिभाजित भएको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहले ओलीको उक्त कदमका बिरुद्ध दोसा्रे चरणको आन्दोलनमा रहेको छ ।

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेश : सडक कालोपत्र ९७९ किमी !
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । नेपालको संविधानको धारा ५३ एवं सुशासन ‘व्यवस्थापन तथा सञ्चालन’ ऐन, २०६४ को दफा ४१ बमोजिम उहाँले सो प्रतिवेदन बुझाउनुभएको हो ।

नाइजेरियाका छुट्टाछुट्टै सडक दुर्घटनामा परी २२ जनाको मृत्यु
नाइजेरियामा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । नाइजेरियाका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सभाको दिगो विकास तथा सुशासन समितिमा गौतम
राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उहाँलाई सो समितिमा मनोनयन गरिएको हो ।

आज कति थपिए काठमाडौँ उपत्यकामा कोरोना संक्रमित ?
छिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९८, भक्तपुरमा २५ र ललितपुरमा २८ जना कोरोना संक्रमित थपिएका छन्।

गाउँपालिकाबाट पाँच केजी गाँजासहित एक जना पक्राउ
मकवानपुरको मनहरि गाउँपालिकाबाट पाँच केजी अवैध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का २८ वर्षीय बुद्धिमान तामाङ रहेको प्रहरीले जनाएको छ ।

कोरोना महामारीमै भेरी बबईमा दोस्रो चरणका काम धमाधम
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोना महामारीकै अवधिमा दोस्रो चरणको कामहरुधमाधम अघि बढाएको छ । प्रभावित क्षेत्रकाबासिन्दालाई मुआब्जावितरणसँगै बाँध तथा विद्युत्गृह निर्माणलाई निरन्तरतादिएको हो ।

अमेरिकी राष्ट्रपतिमा बाइडन विजयी भएको कंग्रेसकाे घोषणा
अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ। बिहीबार इलेक्टोरल भोटको गणनाको क्रममा डोनल्ड ट्रम्पलाई पछि पार्दै राष्ट्रपतिमा  बाइडन र उपराष्ट्रपतिमा ह्यारिस विजयी भएको कंग्रेसले घोषणा गरेको हो ।

ओलीकी धर्मपत्नी शाक्य र अस्मिताबीच भेटवार्ता, ल्यापटप किन्न साठी हजार सहयोग
प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्यले हिजो बुधबार अस्मिता अधिकारीलाई आफ्नै निवासमा भेट्नु भएको थियो । समता स्कूलबाट संसारकै महङ्गो आईग्लोन् कलेज स्विट्जरल्याण्डमा छात्रवृत्तिमा पढ्न जान लागेको अस्मिता अधिकारीलाई आफ्नै निवासमा भेट्नु भएको हो ।

पछिल्लो २४ घण्टा यता कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
देशभरका प्रयोगशालामा ५ हजार १ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप ४ सय १२ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

काठमाडौंबाट विप्लवका तीन जना नेता पक्राउ
काठमाडौंबाट प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको ‘विप्लव’ समूहका तीन जना नेतालाई निन्यत्रणमा लिएको छ । पक्राउ पर्नेमा समूहका काठमाडौं सेक्रेटरी विपिन भनिने भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाही रहेका छन् ।

अमेरिकामा एकैदिन काेराेनाले ३ हजार ८ सयको मृत्यु
अमेरिकामा कोरोना भाइरसको कहर अहिलेसम्मकै उच्च देखिएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार एकैदिन यहाँ ३ हजार ८ सय ६५ जनाको मृत्यु भयो । त्यस्तै, संक्रमित हुनेको संख्या १ लाख ४५ हजारभन्दा बढी रह्यो । । महामारी फैलिएयता यति ठूलो संख्यामा एकैदिन मानिसहरुले ज्यान गुमाएको यो पहिलोपटक हो ।

भारतमा कोरोना संक्रमितको सङ्ख्या एक करोड तीन लाख भन्दा बढी
भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड तीन लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार ३४६ नयाँ संक्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ९५ हजार ४६ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार बिहान जनाएको छ ।

अमेरिकी संसद्‌मा भएको घटनाको विश्वभरिका नेताहरूको व्यापक निन्दा
अमेरिकी संसद्‌मा भएको घटनाको विश्वभरिका नेताहरूले व्यापक रूपमा निन्दा गरेका छन्। युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेफ बोरेलले विश्वको नजरमा अमेरिकी लोकतन्त्र घेराबन्दीमा परेको देखिएको बताएका छन्।

माघ १ गतेदेखि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लाग्ने
बैंकहरुले दिँदै आएको एक बैंकको एटिएम कार्ड अर्को बैंकको मेसिनमा प्रयोग गर्दा शुल्क नलाग्ने सुविधा माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ।

बाबुआमा नभएका १९ चेपाङ बालबालिका वडाध्यक्षको संरक्षणमा
चितवनको इच्छाकामना गाउँपालिका–२ का १९ चेपाङ बालबालिकालाई वडाध्यक्ष पञ्चबहादुर चेपाङले संरक्षण दिनुभएको छ । वडाभित्र रहेका बाबुआमा नभएका, बाबुको मृत्युपछि आमा पुनः अर्कैसँग विवाह गरेर गएका, बाबुआमा अपाङ्गता, अशक्त भई पालनपोषण गर्न नसकेका र अपाङ्गता भएका बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गर्न वडाध्यक्ष चेपाङको पहलमा उनीहरुलाई स्थानीय एक विद्यालय भवनमा राखिएको हो ।

महावै गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने
कालिकोटको महावै गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान शुरु गरेको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न तथा खरको छानामा बस्ने परिवारलाई खरको छानामुक्त अभियान थालेको हो ।

घुरको आगो सल्केर आगलागी हुँदा बालकको मृत्यु
सिराहामा घुरको आगो सल्केर आगलागी हुँदा बालकको मृत्यु भएकाे छ । बुधबार साँझ मिर्चेया नगरपालिका-७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको हो ।

बाँकेमा तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराए
बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ ।

महामारीको बेला नायक शिव श्रेष्ठको नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को प्रदर्शन मिति सार्वजनिक
नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ,करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र निर्माता दिनेश दर्शनधारीका छोरा सम्यक दर्शनधारीले डेब्यु गरेको नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’  यहि माघ १ गते प्रदर्शनमा हुने भएको छ ।

डा. रिजाल भन्नुहुन्छ, सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछ !
नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गर्नुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै डा रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गर्नुभयो ।

सिरानीमा लालपुर्जा राखेर मस्त निदाउने धोको कहिले पुरा हुन्छ ?
नहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार बस्ने टीकाराम सिग्देल ७४ वर्ष पुगे । विसं २०३६ मा भीमाद नगरपालिकास्थित भानुमतिबाट स्याउली बजार झरेका उनले मुखियासँग जग्गा खरिद गरेर यतै घरजम गरे । स्याउली बजारमा वर्षौदेखि बसोबास गर्दै आएका उनीसँग उक्त जग्गाको लालपुर्जा भने छैन

सर्लाहीका किसानलाई तरुल खन्ने र बेच्ने चटारो
माघे सङ्क्रान्ति नजिकिँदै गर्दा सर्लाहीको पश्चिम क्षेत्रका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ । गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य राम्रो भएकाले चाँडै तरुल खनेर बिक्री गर्न किसानलाई हतार भएको हो । व्यापारीले व्यावसायिक रुपमा तरुल खेती गरिएका किसानको खेतबारीमै पुगेर तरुल खरिद गर्न थालेपछि उनीहरु उत्साहित भएका हुन् ।

पशुपतिनगरबाट भारत लैजादै गर्दा तीन किशोरीको उद्धार
भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

शिशिर ऋतुको हिमपातले चारैतिर सेताम्य, पर्यटकीय क्षेत्रका होटल पुनः सञ्चालन
हिमाली क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन् । बाह्य पर्यटकको आगमन बन्द भए पनि पछिल्लो समय फाट्टफुट्टरूपमा आन्तरिक पर्यटक आउन थालेकाले लामो समय बन्द रहेको पर्यटकीय एवं व्यापारिक मार्गका होटल तथा लजले आफ्ना नियमित सेवा दिन थालेका हुन् ।

श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा फेला
आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

ट्रम्पले २४ घण्टासम्म फेसबुक चलाउन नपाउने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल फेसबुक अकाउन्ट २४ घण्टाका लागि बन्द भएको छ । हिंसासम्बन्धी स्टाटसका कारण उनको अकाउन्ट २४ घण्टाका लागि बन्द गरिएको हो।

बेवारिसे अवस्थामा गैँडाको खाग फेला
चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो ।