२३ पुष, एजेन्सी । अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ। बिहीबार इलेक्टोरल भोटको गणनाको क्रममा डोनल्ड ट्रम्पलाई पछि पार्दै राष्ट्रपतिमा बाइडन र उपराष्ट्रपतिमा ह्यारिस विजयी भएको कंग्रेसले घोषणा गरेको हो ।
संसद्ले प्रमाणित गरेपछि अब बाइडनलाई शपथग्रहण गर्ने बाटो खुलेको छ । यसअघि बुधबार बसेको बैठक ट्रम्पका समर्थकहरुको हिंसात्मक प्रदर्शनको कारण केही घण्टा रोकिएको थियो ।
अमेरिकाको दुवै सदनले बाइडनले जितेको पेन्सिल्भानिया र जर्जियाको निर्वाचनको विषयलाई लिएर केही सांसद्ले जनाएको आपत्तिलाई संसद्ले खारेज गरिदिएको थियो ।
सीएनएनका अनुसार रिपब्लिकनका सांसद्हरुले एरिजोना, नोभाडा र मिसिगनको इलेक्टोल भोटमा पनि आपत्ति जनाएका थिए । तर, यो विषय बहसमा जान सकेन ।












