२३ पुष, काठमाडौं । आर्थिक अनियमितता गरेको भन्दै नेकपाका नेता भिम रावललाई सुदुरपश्चिम कमिटीले कारबाहिको सिफारीस गरेको छ । प्रदेश ईन्चार्ज लेखराज भट्टका अनुसार रावलले आर्थिक हिनामिना गरेकाले कारबाही गर्न सिफारीस गरेको हो ।
नेकपा विभाजन अभि राजव सुदुरपश्चिमका प्रदेश ईन्चार्ज थिए । तर ओली समुहले रावलाई ईन्चार्जबाट हटाएर आफ्ना नेता भट्लाई ईन्चार्जमा नियक्त गरेको थियो ।
ओली समुहका उद्योग मन्त्री भट्टले इन्चार्जको भूमिका पाएपछि बसेको पहिलो बैठकले रावललाई कारबाहीको सिफारिस गर्ने निर्णय गरेको जनाईएको छ । साथै सुदुरपश्चिम ओली समूहले रावलको इन्चार्जको जिम्मेवारी खोसे पनि केन्द्रीय कमिटी सदस्यबाट भने अझै हटाएको छैन ।
नेकपा प्रचण्ड–माधव समूहको सुदूरपश्चिम इन्चार्ज रावलले भने वैधानिक नेकपा आफूहरु भएकाले पार्टी कोषबारे सोधखोज गर्ने अधिकार अर्को समूहलाई नभएको बताउँदै आएका छन् । ओली समूह प्रदेश बैठकले प्रदेश कमिटी समेत बिस्तार गरेको छ । यो समूहले सुदूरपश्चिम प्रदेश कमिटी ५५१ सदस्यीय बनाएको छ ।












