Ad #144479

काठमाडौं । नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ,करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र निर्माता दिनेश दर्शनधारीका छोरा सम्यक दर्शनधारीले डेब्यु गरेको नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’  यहि माघ १ गते प्रदर्शनमा हुने भएको छ ।

यसअघि चलचित्रको शीर्ष गीत सार्वजनिक भइसकेको छ। जसमा कविता र अभिनेता शक्ति श्रेष्ठको रोमान्स देख्न सकिन्थ्यो।चलचित्रमाको मुख्य भूमिकामा नायक शिव श्रेष्ठ,नायिका प्रियंका कार्की, आयुष्मान देशराज जोशी,वर्षा राउत,संजोग कोइराला, कविता मानन्धर, शक्ति श्रेष्ठ, बसुन्धारा भुसाल,आड.तेम्वा शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोड.,रेखा फागो, नरेन खड्का,ध्रुब कोइराला,प्रभु श्रेष्ठ, नवराज विश्वकर्मा लगायतको अभिनय रहेको छ ।

यस चलचित्रको निर्मातामा शिव श्रेष्ठ, यशोदा राई तुम्बाहाम्फे र दिनेश दर्शनधारी हुनुहुन्छ भने खुम तामाड.,सुनिल कटुवाल, रामनारायण शाह, दिनेश थापा मगर र तारा तुलाधर सह निर्माता रहनुभएको छ ।

नेपाली चलचित्रको भविष्य उज्ज्वल देखेर नै आफूले ४० बर्ष पहिलेदेखि यस क्षेत्रमा निरन्तर लागिरहेको बताउदै उहाँले भन्नुभयो, एउटा यस्तो प्रेम कहानी राम्रो फिल्म बनेको छ । यो चलचित्र सबैले हेरेर साथ दिन्छन् भनेर पुरा विश्वास गरेको नायक शिव श्रेष्ठले बताएका छन् ।

हल खोले पनि नयाँ चलचित्र नभई पुरानै चलचित्र रिलिज भइरहेका छन्। तर,माघ १ गतेदेखि भने नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज हुनेछ।