Ad #144479

आजका मुख्य समाचारमा

संवैधानिक इजलासमा छाड्ने न्यायाधीस कार्कीको घोषणा
न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्न गठित संवैधानिक इजलास छाड्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित ५ जनाको इजलास गठन गरेका थिए ।

ओली तानाशाह भएपनि इमान्दार छन् : बाबुराम भट्टराई
जनता समाजवादी पार्टी जसपाका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी  ओली तानाशाह भएपनि इमान्दार भएको आरोप लगाएका छन् ।

कुनै हालतमा पनि संसद् पुनस्थापना हुँदैन : प्रधानमन्त्री ओली
आगामी वैशाखमा आम निर्वाचन हुने भएकाे छ ।  तर राजनीतिक मुद्धामा केपी ओलीलाई साथ दिन वाध्य केही नेताहरु बाहिर बोल्छन् बैशाखमा चुनाव हुन्छ, तयार बसौं ।

सुदूरका आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभयो ।

आज कति थपिए नेपालमा कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टा यता नेपालमा थप ४०९ जना कोरोना संक्रमण भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ।

मौसममा सुधार : राजधानी काठमाडौंकाे वायु प्रदूषणमा कमी
मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमबार र मंगलबार काठमाडौंलगायतका स्थानमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको थियो ।

सेनाको गाडीले ठक्कर दिँदा एकको मृत्यु
पश्चििम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।

ओलीकै समूह नेकपाको आधिकारिक शक्ति : उपप्रधानमन्त्री पोख्रेल
सत्तारुढ नेकपाका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले प्रधानमन्त्री केपी शर्मा ओली भएकै समूह आधिकारिक भएको दाबी गरेका छन् । सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा पोखरेलले ओलीकै समूह नेकपाको आधिकारिक शक्ति भएको बताएका हुन् ।

नेपाल प्रहरीका ६९ जना डीएसपीहरुको सरुवा
नेपाल प्रहरीले ३० जना एसपीको सरुवा गरेकै दिन ६९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको पनि सरुवा निकालेको छ ।  जिल्ला प्रहरी प्रमुख, ईलाका प्रहरी कार्यालय प्रमुख, वृत्त प्रमुख जस्ता महत्वपूर्ण कार्यालयहरुका साथै ट्राफिक प्रहरी प्रमुख तथा अन्य कार्यालयहरुमा रहने गरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ६९ जना डिएसपीलाई हेरफेर गरेका हुन् ।

काठमाडाैंमा कैँची प्रहार गरी युवकको हत्या, भारतीय नागरिक पक्राउ
धारिलो हतियार कैँची प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बाइपास ओरालो बस्ने भारतको मोतिहारी घर भएका २५ वर्षीय सुवोध मियाँ रहेका छन् ।

कक्षा ११ का विद्यार्थी : सबैभन्दा बढी तनावमा
पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् ।

चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा गिरोहका सदस्य पक्राउ
जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।

२४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट कतिको मृत्यु ?
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा यता काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १५९, भक्तपुरमा २४ र ललितपुरमा ५० जना कोरोना संक्रमित थपिएका छन्।

कर्णालीमा योजना अनुगमन संयन्त्र गठन गरेर अनुगमन गरिने
कर्णाली प्रदेश योजना आयोगले प्रदेश सरकारले सञ्चालन गरेका आयोजनाको अनुगमन गर्ने भएको छ । चालु आवमा प्रदेश सरकारद्वारा सञ्चालित आयोजना तथा कार्यक्रमको प्रभावकारी अनुगमनका लागि संयन्त्र गठन गरेर अनुगमन गरिने भएको हो ।

दशौँ एशियन बफेलो कँग्रेस नेपालमा हुने
विश्वका भैँसीविज्ञको उपस्थितिमा दशौँ एशिया क्षेत्रीय भैँसीविज्ञको महासभा ‘दशौँ एशियन बफेलो कँग्रेस’ नेपालमा हुने भएको छ । आगामी जेठ २० देखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो ।

पुष २५ मा सेनाले बुटवलमा विजय दौड प्रतियोगिता गर्ने
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १ स्थित जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै नेपाली सेनाले बुटवलमा विजय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । मध्यपश्चिम पृतना हेडक्वार्टर, बुटवलले आज आयोजना गरेको पत्रकार भेटघाटमा महासेनानी

नवविवाहित जोडी सजिलै उचाइबाट हामफालेर बञ्जीमा रमाउँदै
अक्सर मान्छे उचाइसँग डराउने गर्छन् तर त्यही उचाइबाट हामफालेर डरलाई जित्ने साहसमा अहिलेका युवापुस्ता उत्साहित बनिरहेका छन् ।

सञ्चारमाध्यमलाई जिम्मेवार हुन काउन्सिलको अपिल
प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मासम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहका क्रममा थप सभ्य र शिष्ट हुन आग्रह गरेको हो ।

उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन
काठमाडौं उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ ।

अदालतद्धारा फेसबुक कम्पनीमाथि जरिमाना
इटालीको एक अदालतले फेसबुक कम्पनीमाथि जरिमानाको निर्णय गरेको छ । इटालीको मिलानस्थित पुनरावेदन अदालतले एपको नक्कल गरी इटालीको एक सफ्टवेयर डेभलपमेन्ट कम्पनीलाई क्षति पुर्‍याएको ठहर गर्दै फेसबुकलाई ३८ लाख ३० हजार युरो क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

आज देशका सबै ठाउँमा घाम लाग्ने र मौसम सफा रहने
जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा सुधार हुने जनाएको छ । आइतबार बेलुकीदेखि बदली भएको मौसम आजदेखि सुधार हुने भएको हो। प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नौ महिनादेखि ओडारमा बस्दै आएकी वृद्धासहित चारको उद्धार
नौ महिनादेखि ओडारमा बस्दै आएकी वृद्धा महिलासहित चार जनालाई उद्धार गरिएको छ । सडक मानवमुक्त कर्णाली प्रदेश घोषणाको कार्यन्वयनस्वरुप भइरहेको अभियानअन्तरगत आज जिल्ला प्रशासन कार्यालयको समन्वय र चन्दननाथ नगरपालिकाको सहयोगमा महिलासहित चार जनाको उद्धार गरिएको हो ।