२२ पुष, काठमाडौं । आगामी वैशाखमा आम निर्वाचन हुने भएकाे छ । तर राजनीतिक मुद्धामा केपी ओलीलाई साथ दिन वाध्य केही नेताहरु बाहिर बोल्छन् बैशाखमा चुनाव हुन्छ, तयार बसौं ।
यता ओलीलाई लागेको छ – अहिले प्राप्त प्रचण्ड बहुमत मेरै नाममा आएको हो । जनताले मलाई नै पाँच वर्ष प्रधानमन्त्री बन्न यो जनमत दिएका हुन् । तर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुले आफूलाई खाइटिक्नै नदिने अवस्था आएकाले वाध्य भएर आफ्नो शक्ति देखाइदिन मात्रै विघटन गरिदिएका हुन् ।
पार्टी भित्रको अन्तसंघर्ष यति चरमचुलीमा पुगेको थियो की या त ओलीले छाड्नै पर्ने वा कारबाही भोग्न तयार रहनुपर्ने । आफू मात्र होइन , राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत महाअभियोग लगाएर मिल्काउने अन्तिम कसरत भएको सुइँको पाएका ओलीले न रहे बाँस , न बजे बाँसुरी भन्दै प्रतिनिधिसभा नै विघटन गरिदिए । अब त ओलीलाई हटाउने वैधानिक थलो नै सकियो । यस्तै राष्ट्रपति विरुद्धको महाअभियोग लगाउने थलो पनि रहेन ।
व्यक्तिगत मनोकाँक्षा पूर्ति गर्न गरिएको विघटनले दिने परिणाम के हो ? अस्थिरता । हो , त्यही अस्थिरता निम्त्याउन नै ओलीले यस्तो कदम चालेका हुन् । त्यसैले अब चुनाव गर्न सहज छैन । बेला बेला ओलीले यो तर्क त्यसै गरेका होइनन् की अब संसद् कुनै हालतमा ब्यूँतिदैन । सर्वाेच्च अदालतमा विघटन विरुद्ध सुनुवाई भइरहेको छ , तर ओली भन्छन् कुनै हालतमा पनि संसद् पुनस्थापना हुँदैन । यस्तो अभिव्यक्ति दिनेक्रममा उनले भनेकाछन्–सर्वाेच्चमा र निर्वाचन आयोगमा सेटिङ भइसकेको छ , ढुक्क हुनुहोस् ।
आइतबार काठमाडौंमा आफूनिकट समूहको विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विघटित संसद् कुनै हालतमा पुनर्स्थापना नहुने ठाेकुवा गरेका हुन् । भेलामा उनले कार्यकर्तासित आग्रह गर्दै भने, ‘विघटित संसद बौरिँदैन । संसद् विघटन भयोभयो, नयाँ चुनाव वैशाख १७ र २७ गते हुन्छहुन्छ । यस चुनावलाई टाल्न, पर सार्न वा अलमल्याउन कसैले सक्नेछैन ।’ उनले कतिपय व्यक्ति तथा शक्तिले चुनाव हुँदैन भनेर भ्रम फिँजाउन खोजेको आराेप लगाए ।












