अदालतद्धारा फेसबुक कम्पनीमाथि जरिमाना

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

२२ पुष, एजेन्सी । इटालीको एक अदालतले फेसबुक कम्पनीमाथि जरिमानाको निर्णय गरेको छ । इटालीको मिलानस्थित पुनरावेदन अदालतले एपको नक्कल गरी इटालीको एक सफ्टवेयर डेभलपमेन्ट कम्पनीलाई क्षति पुर्‍याएको ठहर गर्दै फेसबुकलाई ३८ लाख ३० हजार युरो क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

फेसबुकले इटालीको बचयगलम नामक एपमा रहेको ल्भबचदथ नामक फिचर कपी गरेको अदालतको ठहर छ । उक्त फिचरले प्रयोगकर्ताहरुले उनीहरुको नजिक रहेका पसल, क्लब, रेष्टुरेन्ट लगायतका ठाउँहरुका बारेमा जानकारी प्रदान गर्दछ ।

यसअघि प्रारम्भिक अदालतले सन् २०१९ मा फेसबुकमाथि गरेको जरिमानाको फैसला पुनरावेदन अदालतले सदर गरेको हो । तर पुनरावेदन अदालतले इटालियन कम्पनीलाई फेसबुकले तिर्नुपर्ने क्षतिपूर्ति रकमको परिमाणमा भने वृद्धि गरेको छ ।

प्रारम्भिक अदालतले फेसबुकमाथि साढे ३ लाख युरो जरिवानाको फैसला गरेको थियो । फेसबुकका प्रवक्ताले चाहिँ अदालतको निर्णय आफुले प्राप्त गरेको भन्दै त्यसको सावधानीपूवर्क अध्ययन भैरहेको जनाएका छन् ।


  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares