शास्त्र एवं पुराणहरूमा रचना गरिएको छ, जसको आधारमा कुनै पनि व्यक्तिको स्वभाव एवं भविष्य बताउन सकिन्छ । त्यस्तै शास्त्रहरूमध्ये एक हो सामुन्द्रिक शास्त्र ।
समुद्र नामक ऋषिले लेखेका कारण यसको नाम सामुन्द्रिक शास्त्र वा समुद्र शास्त्र उनकै नामबाट रहन गएको हो । यो शास्त्रका अनुसार मानव शरीरका हरेक अंगले उसको स्वभावका विषयमा केही न केही जानकारी दिइरहेको हुन्छ ।
मानिसको बोली, हिँडाइ, शरीररको हाउभाउ आदिबाट उसको स्वभाव कसरी थाहा पाउन सकिन्छ भन्ने विषयमा सामुन्द्रिक शास्त्रले गहन अध्ययन गरेर निष्कर्ष दिएको पाइन्छ । समुद्र शास्त्रमा मानिसको सुत्ने तरिकाबाट उसको स्वभाव जान्न सकिने कुरा समेत बताइएको छ । जस्तो कि शरीरलाई खुम्च्याएर वा दोब्रो परेर सुत्ने मानिस डरपोक हुन्छन् भन्ने कुरा यसै शास्त्रले बताएको छ ।
सामुन्द्रिक शास्त्र अनुसार कसरी सुत्ने मानिसको स्वभाव कस्तो हुन्छ :
घोप्टो परेर सुत्ने व्यक्ति कुनै पनि प्रकारको जोखिम मोल्न नचाहने स्वभावका हुन्छन् । साथै उनीहरू कसैसँग मित्रता गाँस्नुअघि निकै सोचविचार गर्छन्। उनीहरु सजिलै वा सितिमिति कसैप्रति विश्वास गर्दैनन् ।
दुवै हातगोडा फैलाएर उत्तानो परी सुत्ने व्यक्तिहरू स्वतन्त्रता रुचाउने स्वभावका हुन्छ भने कसैको बन्धनमा बाँधिएर बस्न रुचाउँदैनन् । उनीहरू भोगविलासपूर्ण जीवन मन पराउने खालका हुन्छन्। साथै सुन्दरताप्रति पनि छिट्टै आकषिर्त हुन्छन् ।
कोल्टो फर्केर सुत्ने व्यक्ति मीठो खान तथा सरसफाइ गरेर सफासुग्घर भई बस्न रुचाउने स्वभावका हुन्छन् । उनीहरू आदर्श जीवन बाँच्न मन पराउँछन् । यस्ता व्यक्ति सजिलैसँग कुनै पनि वातावरणमा घुलमिल हुन सक्छन् ।
दुवै गोडा जोडाएर कसेर तथा पूरै शरीर ओढ्नेले छोपेर सुत्ने मानिसको जीवन संघर्षपूर्ण हुन्छ । उनीहरूले जीवनमा ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । साथै उनीहरूमा पनि परिस्थितिअनुरूप आफूलाई ढाल्न सक्ने खुबी वा महत्वपूर्ण विशेषता हुन्छ ।
शरीर खुम्च्याएर सुत्ने मानिस डरछेरुवा हुन्छन् । उनीहरूको मनमा असुरक्षाको भावना हुन्छ । उनीहरू अपरिचित मानिसहरूसँग कुरा गर्न रुचाउँदैनन् । उनीहरू एक्लै बस्न मन पराउँछन् ।
उत्तानो परेर सुत्ने व्यक्ति आत्मविश्वासी हुन्छन् । उनीहरूको व्यक्तित्व पनि आकर्षक हुन्छ। साथै उनीहरू आकर्षक व्यक्तित्वका धनी हुन्छन् । तुरुन्तै समस्याको समाधान गर्नसक्ने हुन्छन् । यस्तो स्वभावका कारण उनीहरू परिवार, साथीसर्कल, नातेदार एवं समाजमा लोकप्रिय हुन्छन् ।











