आजका मुख्य समाचारमा
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन : सभामुख सापकोटा
सभामुख अग्नि सापकोटाले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको बताएका छन् । नेकपा प्रचण्ड–माधव समूहको अखिल नेपाल महिला संगठन, नेपाली कांग्रेस सम्बद्ध अखिल नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको बताएका हुन् ।
काठमाडौंको न्यूनतम तापक्रम शून्यमा झर्याे
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम शून्यमा झरेको छ । आज विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ थियो । पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री सेल्सियस पुगेको मौसम महाशाखाले जनाएको छ ।
प्रतिनिधिसभा विघटन कदमले देश अनिश्चितताको बाटोमा : पूर्वराष्ट्रपति डा.यादव
बिहीबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रष्टको आयोजनामा गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दुरगामी असर पार्ने र देश अनिश्चितताको बाटो तर्फ गइरहेको बताए । उनले असंवैधानिक कदमलाई सच्याउन सबै देशबासीको जिम्मेवारी रहेको बताए ।
आज कति थपिए नेपालमा कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टा यता नेपालमा थप ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ। बिहीबार ४ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई कारबाही गरेका छन्। आफूविरुद्धको अविश्वास प्रस्तावमा थाहै नदिई हस्ताक्षर गरेको भन्दै राईले १५ जना सांसदलाई तीन महिनासम्मका लागि निलम्बन गरेका हुन् ।
पर्साबाट लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ
उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। प्रहरीको काठमाडौँस्थित महानगरीय अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा अग्रवाललाई वीरगञ्जबाट नियन्त्रणमा लिएको वरिष्ठ प्रहरी उपरीक्षक ‘एसएसपी’ दीपक थापाले जानकारी दिए ।
प्रधानमन्त्रीले अचानक संसद् विघटन गर्नु असंवैधानिक : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको कार्य असंवैधानिक भए पनि आन्दोलन गरेर अदालतको प्रक्रियालाई प्रभावित भने पार्न नहुने बताएका छन् ।
मापदण्डविपरीत खोलामा दोहन, स्थानीयवासीदेखि वन परियोजनाका कर्मचारीसमेत विरोधमा
सर्लाहीका क्रसर उद्योग र खोलाका ठेकेदारले मापदण्ड विपरित प्राकृतिक स्रोत दोहन गरिरहेका छन् । लखन्देही र बाँके खोलामा ठेकेदारले मापदण्डविपरीत उत्खनन् गरेको पाइएको छ । स्थानीयवासीको चर्को विरोधका बाबजुद पनि लखन्देही र बाँके खोलामा ठेकेदारले मापदण्डविपरीत उत्खनन् गरेको बताइएको छ ।
राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
रिचार्ज कार्डमा मनपरी मूल्य लिँदा ग्राहक ठगिँदै, सम्बन्धित निकाय माैन
जिल्लाका ग्रामीण भेगमा नेपाल टेलिकम र निजी क्षेत्रको कम्पनी एनसेलका प्रिपेड रिर्चाज कार्डमा मनपरी मूल्य लिने कार्य अझै रोकिएको छैन । हालसम्म सम्बन्धित निकायले समेत कुनै सुनुवाइ नगरेको सेवाग्राहीका गुनासो छ ।
सवारीचालक चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्ने सेवा शुरु
वाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र ‘लाइसेन्स’को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको छ । वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्र ९लाइसेन्स०को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरेको हो ।
नेकपा भित्र विरोध र आलोचनाको संस्कृति सुधार्न आग्रह
राजनीतिक विरोधका क्रममा लगाइने उच्छृङ्खल नारा, प्रदर्शन र बोलीवचन लोकतान्त्रिक राज्यमा पटक्कै नसुहाउने देखिएको छ । राजनीतिक र सामाजिक क्षेत्रमा अन्धभक्ति वा अन्धविरोधको संस्कृति अन्त्य हुन नसकेका कारण बेलाबखत अमर्यादित नारा र आवाज प्रस्तुत भएका पाइन्छन् ।
पछिल्लो २४ घण्टा यता काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टा यता काठमाडौँ उपत्यकामा थप २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १०३ महिला र १४४ पुरुष छन्।
प्रहरी नौ महिनाको सुन चोरीका अभियुक्त पक्राउ गर्न सफल
महानगरीय प्रहरी वृत्त बौद्ध नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीका नेतृत्वमा सुनचाँदी चोरी गर्ने सात अभियुक्त लागुऔषधसहित पक्राउ परेका हुन् ।
अभिनेत्री रिया चक्रवर्ती घर खोज्दै
अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमाथि ड्रग्सको आरोपमा अभिनेत्री रिया चक्रवर्ती झन्डै १ महिना जेल बसेर आएकी छन् । उनी माथि फेरी अर्को आपत आइपरेको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा पुनर्जागरण अभियान सुरु
रिलायन्स लाइफ इन्स्योरेन्सले पुनर्जागरण अभियान सुरु गरेको छ। रिलायन्स लाइफद्धारा सञ्चालित पुनर्जागरण अभियानको अवधि यही पौष २९ गते सम्म रहेको इन्स्योरेन्सले जनाएको हो ।
वाग्मती सफाइको ४०० औँ हप्ताः सात स्थानमा चेतना जगाइने
वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम उपत्यकाका सात स्थानमा जनचेतनामूलक अभियानसहित विशेष कार्यक्रम गरी मनाइने भएको छ । सफाइ महाअभियानको बुधबारको बैठकले साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवनमा जनचेतनामूलक अभियानसहित सफाइ गर्ने निर्णय गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकालाई स्वास्थ्य समाग्री हस्तान्तरण
इन्टरनेसनल संस्था विलवयू फाउन्डेसनले काठमाण्डौको कागेश्वोरी मनोहरा नगरपालिकालाई कोभिड – १९ बाट सुरक्षित रहनको लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।विलवयू फाउन्डेसनले कागेश्वोरी मनोहरा नगरपालिकाको स्वास्थ्य शाखालाई १० हजार थान मास्क तथा २ सय चालिस पिस (१०० मिली लिटर ह्यान्ड सेनिटाइजर ), १ सय पच्चीस पिस (५०० मिली लिटर ह्यान्ड सेसेनिटाइजर),पाँच लिटरको ह्यान्ड सेनिटाइजर चार पिस र सेनिटाइजर डिस्पेन्सर एक पिस वितरण गरेको छ ।












