१५ पुष, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम शून्यमा झरेको छ ।
आज विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ थियो । पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री सेल्सियस पुगेको मौसम महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनयता चिसो बढ्ने सम्भावना रहेको छ । तराई मधेसका जिल्लामा बिहान लागेको हुस्सु कुहिरो अहिले भने बिस्तारै हट्दै गएको छ। पानी पर्ने प्रणाली भने तत्काल नदेखिएको मौसमी बुलेटिनमा जनाएको छ ।












